स्कटल्याण्डविरुद्ध नामिबियाको १०० रन पूरा

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ३, आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले स्कटल्याण्डविरुद्ध १०० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २६ ओभरको समाप्तिमा १०० रन पूरा गरेको हो ।

नामिबियाका लागि लोहान्ड्रे लोरेन्स नट आउट ४३ रन बनाएका छन् । उनीसँगै कृजमा रहेका ब्रान स्कोलेट रन जोड्न सकेका छैनन् । यसअघि जान ग्रिनले २५ रन बनाए । नामिबिया २६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १०१ रन बनाएको छ ।

पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो । त्यसैले नामिबिया पहिलो जित निकाल्न चाहान्छ । यता स्कटल्याण्ड सिरिजको पहिलो खेलमा जित निकाल्न चाहान्छ ।

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्