जोमसोमबाट पोखरा आउँदै गरेको जिप कालीगण्डकीमा खस्दा १७ जना घाइते

पोखरा । फागुन ३, मुस्ताङको जोमसोमवाट पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खसेर दुर्घटना भएको छ । सो जिप खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।
ना ७ ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस करिब ४५ मिटर तल खसेको हो ।
बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाईएको छ।