हितराज पाण्डेद्धारा बन्द उद्योगहरू सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । फागुन ३, माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले बन्द भएका गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका उद्योगलाई पुनः सञ्चालन गरेर आर्थिक रूपमा सबल गराउन आग्रह गरे ।
यस्तै उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन बेपत्ता भएका नागरिकहरूको अवस्था जानकारी गराउन पनि आग्रह गरे ।