जसपाका सांसद प्रदीप यादवले नागरिकता विधेयकबारे असन्तुष्टि

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले संविधान जारी भएको ८ बर्षसम्म संविधान अनुसार नागरिकता ऐन नबन्नु दुखद भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको बताए ।

यसअघि संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको भन्दै सांसद यादवले असन्तुष्टि व्यक्त गरे ।

दुई पटकससम्म संघीय संसदले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ ।’

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा मुख्यत नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिने विषयमा दलहरुका बीचमा कुरा मिलेको थिएन ।

तत्कालीन अवस्थामा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्