निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि बिनु यादव पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फागुन ३, घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् ।

कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।

पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।

यस्तै प्रहरीले जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादवलाई पनि पक्राउ गरेको छ ।

 

 

 

 

प्रकाशित : 15 February, 2023

प्रतिक्रिया दिनुहोस्