आज पनि नेप्से दोहोरो अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन ३, शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९० अङ्कले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।