आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । फागुन ४, प्रिमियर लिगमा बुधबार राति भएको शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेष्टर सिटी बीचको खेलमा सिटी विजयी भएको छ ।
आर्सनललाई उसैको मदानमा ३-१ ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको छ । सिटी र आर्सनलको समान ५१ अंक भए पनि गोल अन्तरमा सिटीले आर्सनललाई पछि पारेको छ ।
यद्यपि सिटीले एक खेल बढी खेलेको छ । सिटीले २३ र आर्सनलले २२ खेल खेलेको छ ।