कांग्रेस सभापति देउवा र सभामुख घिमिरेले अस्पताल पुगेरै भेटे भण्डारीलाई

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ४, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरीरको ७० प्रतिशत भाग र सांसद चन्द्र भण्डारीको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ।

अस्तपालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उनीहरुको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ।

प्रकाशित : 16 February, 2023

प्रतिक्रिया दिनुहोस्