नागा बाबाहरुको पशुपतिनाथ मन्दिर परिसरमा रमझम सुरु

काठमाडौ । फाल्गुन ४, महाशिवरात्री मनाउन देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।
भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।
उनीहरु हातमा त्रिशुल, गलामा माला पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन् । यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ ।
साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।