कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन ४, जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

 

बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो ।

कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा। नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो ।

चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।

चन्द्रको स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै मुम्बइ लगिएको छ ।

आफूहरुले विमानलाई एयर एम्बुलेन्सको रुपमा प्रयोग गरेर मुम्बई उडान गरेको श्री एअरलाइन्सका महाप्रबन्धन अनिल मानन्धरले जानकारी दिए ।

सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको छ । नर्भिकबाट ६ जना चिकित्सकको टोली पनि मुम्बई गएको छ ।

 

प्रकाशित : 16 February, 2023

प्रतिक्रिया दिनुहोस्