तीन दिनदेखि टाउके सामुदायिक वनमा लागेको आगो अझै अनियन्त्रित

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ५, रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

तीन दिनअघिदेखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् ।

डढेलो लागेको समुदायिक वनमा प्रायजसो सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ । डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो ।

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्