टस जितेर नेपालले स्कटल्यान्डसँगको खेलमा पहिला बलिङ 

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ५, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिला बलिङ रोजेको छ ।

स्कटल्यान्डले ब्याटिङ गर्दैछ। आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ । ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झाले खेल्नेछन् ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।

 

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्