विचारधारालाई प्रभावकारी बनाउन माओवादी केन्द्रभित्र चार तहको पाठ्यक्रम लागु

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ५, नेकपा (माओवादी केन्द्र) ले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने भएको छ ।

पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गरिने तय भएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

जसअनुसार तत्काल माध्यामिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा हालै बसेको बैठकले कार्ययोजना तय गर्दै चार तहको पाठ्यक्रमलाई लागू गर्ने निर्णय गरेको हो ।

बैठकले सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत तय गरेको छ । जसअनुसार प्रदेश १ मा फागुन १४, १५ र १६ गते, गण्डकी प्रदेशमा फागुन १९,२० र २१ गतेका लागि तय गरिएको छ ।

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्