सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट १ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ५, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेल चलिरहँदा सट्टेबाजी गरेको आरोपमा त्रिवि क्रिकेट मैदानबाटै १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शुक्रबार बिहान कीर्तिपुरस्थित क्रिकेट मैदानबाट १ जनालाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसपी सञ्जयसिंह थापाले एक जनालाई पक्राउ गरिएको पुष्टि गरे।

अहिले अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक नगरिएको एसपी सिंहले बताए। पक्राउ पर्नेमा नेपाली नागरिक छन् । उनलाई शुक्रबार बिहान १० बजे पक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्याण्ड र नेपालीबीच खेल भइरहेको छ।

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्