सांसद चौधरीको कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट

सहयात्रा टिभी

काठमाडौं । फागुन ५, सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ ।

राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउछन् । कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ ।

 

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्