एमालेको पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान शुभारम्भ

सहयात्रा टिभी

काठमाडौं । फागुन ५, नेकपा एमालेले ‘मिसन ग्रासरूट’ पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान अध्यक्ष केपी शर्मा ओलीले आज शुभारम्भ गरेको जानकारी प्राप्त भएकोे छ ।

पार्टीलाई जगैदेखि बलियो बनाउने भन्दै एमालेले यो अभियान सुरू गरेको हो। एमालेले यो अभियानअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ-गाउँमा खटाएको जानाएको छ ।

पार्टीका तल्ला तहमा गएर संगठन विस्तारका लागि काम गर्ने, सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने जस्ता काम गर्न पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एमालेले जिम्मेवारीसमेत दिएको जानाएको छ ।

 

प्रकाशित : 17 February, 2023

प्रतिक्रिया दिनुहोस्