सन्दीपले तीन विकेट लिँदा नामेबियाले गुमायो चौथो विकेट

सहयात्रा टिभी

काठमाडौं । फागुन ६, आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामेबियाको चौथो विकेट सन्दीप लामिछानेले लिएका छन्।

नामेबियाका ब्याट्सम्यान गेह्रड एअरमुस २९ बलमा १५ रन जोड्दै आउट भएका हुन्। टस हारेर ब्याटिङ् गरिरहेको नामेबिया ताजा अवस्थामा ४ विकेट गुमाउँदै २८.२ ओभरमा १०८ रनमा खेलिरहेको छ। लामिछानेले ३ विकेट लिएका छन् भने दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका छन्।

प्रकाशित : 18 February, 2023

प्रतिक्रिया दिनुहोस्