प्रधानमन्त्री प्रचण्ड : बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता

सहयात्रा टिभी

काठमाडौं । फागुन ७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रचण्डले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।

‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनले भने ।सम्बोधनको क्रममा उनले वर्तमान सरकारको प्राथमिकता स्पष्ट पारको छन् ।

 

 

प्रकाशित : 19 February, 2023

प्रतिक्रिया दिनुहोस्