सरकारले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

सहयात्रा टिभी

काठमाडौँ । फाल्गुन ९, सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डले गत २ फागुनमा मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गर्नेछ । सरकारले मूल्य बढाउनेबारे निर्णय लिनु पर्छ ।

तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दूधको मूल्यबारे जानकारी नभएको बताए । ‘मैले पनि बाहिरबाट कुरा सुनें, प्रक्रियामै रहेको कुरा थाहा हुन्न, निर्णय भएर आएपछि मात्रै जानकारी हुन्छ ।’

गत वर्ष २८ माघमा पनि सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

प्रकाशित : 21 February, 2023

प्रतिक्रिया दिनुहोस्