आज बागमती प्रदेश सभाको बैठक बस्दै

सहयात्रा टिभी

हेटौँडा । फाल्गुन १०, बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक अपरान्ह २ बजे बोलाइएको हो ।

सम्भावित कार्यसूची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।

सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्