राष्ट्रपति भण्डारीले गरिन् बागलुङ कालिकामा पूजा आराधना

सहयात्रा टिभी

बागलुङ । फागुन १०, बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।

मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्