राष्ट्रपतिमा लोसपाका महन्थलाई समर्थन गर्न देउवा निवासमा छलफल

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भइरहेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्