आजदेखि एमालेको ‘मिसन ग्रासरुट’ अभियान धनकुटामा

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, नेकपा एमाले धनकुटाले आजदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थालेको छ ।

यस अभियानले पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न भौतिक उपस्थितिमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्नमा जोड दिने बताइएको छ ।

अभियानको शनिबार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

पार्टीको विचार, नीति, सिद्धान्त नबुझाइकन नेताको गोजीबाट जथाभावी सदस्यता वितरण गरेर पार्टीमा अराजकता बढेकाले यो अभियान थालिएको उहाँको भनाइ छ ।

 

प्रकाशित : 22 February, 2023

प्रतिक्रिया दिनुहोस्