हिमाल अस्पतालमा सेवा प्रभावित पीडित पक्षको धर्ना

काठमाडौं । फागुन १०, काठमाण्डौको नक्सालमा रहेको हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ ।
बालिका प्रशंसा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धर्ना दिएपछि त्यस अस्पतालको आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको हो ।
मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलवार (हिजो)पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गरेका थिए ।