नेप्से आज उच्च अङ्कले बढ्यो

काठमाडौं । फागुन १०, केही दिनयता लगातार घटिरहेको शेयर बजार आज बुधवार भने उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढ्दा बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् ।