रूसले पोल्यान्डलाई पाइपलाइनमार्फत् तेल पठाउन बन्द
सहयात्रा टिभी
काठमाडौं । फागुन १४,पोल्यान्डले रूसले पाइपलाइनमार्फत् तेल आपूर्ति रोकेको जनाएको छ ।
पोल्यान्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ ले सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत् रुसले तेल पठाउन बन्द गरेको जनाएको हो ।
पोल्यान्डले भने रुसको यो कदमले आफ्ना उपभोक्तालाई तेल आपूर्तिमा कुनै असर नपार्ने जनाएको समाचार संस्था एएफपीमा उल्लेख छ । ऊर्जा समूह पीकेएन अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति समुद्री मार्गबाट हुने जानकारी पनि दिएको छ ।
अहिलेसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको झण्डै १० प्रतिशत रूसी पाइपलाइनमार्फत् र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।
रुस–युक्रेनमा युद्धलाई लिएर युरोपेली सङ्घ ९ईयू० ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेलगत्तै पोल्यान्डले पछिल्लो घोषणा गरेको हो।