परराष्ट्रमन्त्री पौड्याल स्वीट्जरल्याण्ड जाँदै

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार स्वीट्जरल्याण्ड जाँदैछिन् ।

जनेभा जानुअघि आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहेको बताए ।

बैठकका क्रममा द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते फर्किने कार्यक्रम छ ।

प्रकाशित : 26 February, 2023

प्रतिक्रिया दिनुहोस्