दोहोरीगीत प्रतिष्ठानको चुनावमा शान्तिश्री र देवी घर्तीसहित अन्यको जित

काठमाडौं । फागुन १४, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ ।
अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् ।
उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र चोलेन्द्र पौडेल पराजित भए । सचिव खुल्लातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित भएका छन् ।