हलिउड निर्माताहरूले ओस्कारअघि टम क्रुजलाई अचिभमेन्ट अवार्ड

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, हलिउड निर्माताहरूले विश्व प्रतिष्ठित ओस्कार अवार्डअघि अभिनेता टम क्रुजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै मल्टिभर्स एड्भेन्चर फिल्म ‘एभिथ्रिङ एभ्रिवेर अल एट वन्स’लाई शीर्ष पुरस्कार प्रदान गरेका छन् ।

हलिउड निर्माताको छाता संस्था प्रोड्युसर्स गिल्ड अफ अमेरिकाले क्रुज स्टारर ब्लकबस्टर फिल्म ‘टप गनः माभेरिक’लार्ई चलचित्र व्यवसायलाई बढावा दिएकोमा अभिनेतालाई धन्यवाद दिए ।

‘टम क्रुजले हामी सबैलाई फिल्म हेर्ने हेर्ने काम हलमा फिर्ता भएको देखाउनुभयो’ प्यारामाउन्ट पिक्चर्सका पूर्व सीईओ शेरी लान्सिङले आफ्नो परिचयमा भनिन् ।

६० वर्षीय अभिनेता क्रुज ‘रिस्की बिजनेस’, ‘ककटेल’, ‘अ फ्यु गुड मेन’ र अन्य फिल्मको स्टारको रूपमा प्रसिद्धीके शिखरमा पुगेका हुन् ।

उनले निर्माण गरेका फिल्महरु ‘भ्यानिला स्काई’, ‘द लास्ट समुराई’, ‘मिशनः इम्पोसिबल’ ‘टपगन माभेरिक’ले विश्व बक्सअफिसमा लगभग १।५ बिलियन डलर कमाएका छन् ।

 

प्रकाशित : 26 February, 2023

प्रतिक्रिया दिनुहोस्