शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फागुन १४, कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका प्रहरीले जनाएको छ ।

घर्तीको घरमा लागु औषध चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटगएको प्रहरी अधिकृतको टोलीले उनलाई पक्रेको हो ।

घर्ती मगरको घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको तौल गर्दा १६ किलो लागु औषध चरेश जस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 26 February, 2023

प्रतिक्रिया दिनुहोस्