सफाइ पाएर रिहा हुन लागेका पल शाहलाई स्वागत गर्न समर्थकको भीड

सहयात्रा टिभी

काठमाडौं । फागुन १५, बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर रिहा हुन लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको छ ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

शाह सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट रिहा हुन लागेपछि उनका समर्थक दमौलीमा पुगेका हुन् । उनको समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए ।

 

 

प्रकाशित : 27 February, 2023

प्रतिक्रिया दिनुहोस्