आईसीसी क्रिकेट लिग–२मा पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य
सहयात्रा टिभी
काठमाडौं । फागुन १५, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए ।
बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १र१ विकेट लिए ।