कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला

काठमाडौं । फागुन १५, नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ ।
सातै प्रदेशका राजधानीमा १९ आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए ।
आठ दलीय गठबन्धनको कार्यदलले आज सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । गठबन्धनको बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने खानले बताए ।
राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार पौडेल रहेका छन् भने एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई उठाएको छ । संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनको मतदाता हुन्छन् ।