फागुन २५ र चैत ३ मा हुने निर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो ।

आज दिउँसो ४ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ । फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ ।

प्रकाशित : 28 February, 2023

प्रतिक्रिया दिनुहोस्