छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता

सहयात्रा टिभी

काठमाडौं । फागुन १८ , छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ ।

सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम पाउन लडिने लडाइँको कथाजस्तो देखिन्छ ।

बिहीबर रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृश्य भरिपूर्ण छ । डेब्युब्वाय आशिर्वाद क्षेत्रीलाई लभर-एक्सन चरित्रको रुपमा स्थापित गर्न खोजिएको छ । आँचल शर्माको प्रेम प्राप्तिका लागि उनले गर्ने संघर्षको कथावस्तुको छनक टिजरले दिन्छ ।

सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीजस्ता चलेका अनुहार पनि यसमा छन् । आशिर्वाद र आँचललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पारिवारक चरित्रको रुपमा छन् ।

 

 

प्रकाशित : 2 March, 2023

प्रतिक्रिया दिनुहोस्