नेपाली चियाले जित्यो चीनमा विश्वस्तरीय गुणस्तरको सर्वोत्कृष्ट पुरस्कार

सहयात्रा टिभी

काठमाडौं । फागुन १८, नेपालका १० उत्पादक संस्थाबाट उत्पादित चियाले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार जित्न सफल भएको छ ।

चीनको चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकनमा नेपालका १० चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् ।

चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको प्रतिस्पर्धामा चीन, भारत, केन्या, श्रीलंकाजस्ता मुलुकलाई पछि पार्दै नेपालका १० वटा चिया उत्पादक संस्थाले अवार्ड प्राप्त गरेका हुन् ।

फुचियानको फुआन सहरमा सेप्टेम्बर २०-२१, २०२२ सम्म भएको ‘वर्ल्ड ब्ल्याक टि क्वालिटी इभ्यालुएसन कम्पिटिसन’मा स्वर्ण र रजत अवार्ड प्राप्त गर्ने १० चिया उत्पादक संस्थालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज एक कार्यक्रम गरी अवार्ड वितरण गरेको हो ।

उक्त प्रतिस्पर्धामा एक संस्थाले ग्राण्ड गोल्ड मेडल, पाँच संस्थाले स्वर्ण (गोल्डेन) र चार संस्थाले रजत (सिल्भर) मेडल जित्न सफल भएका थिए ।

प्रकाशित : 2 March, 2023

प्रतिक्रिया दिनुहोस्