यो गठबन्धन ५ वर्ष टिक्छ : महामन्त्री थापा

सहयात्रा टिभी

काठमाडौँ । फागुन १९, कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताएका हुन् ।

गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने महामन्त्री थापाले बताए ।

गठबन्धन तोड्न अहिले पनि केही तत्व लागेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ। यो गठबन्धन पाँच वर्ष नै टिक्छ। कांग्रेसले धोका दिँदैन। कांग्रेसले दिएको वचन पूरा गर्छ। यो संसद्लाई जोखिममा जान दिँदैनौं। गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ। कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन। वचन फेर्न मिल्दैन।’

प्रकाशित : 3 March, 2023

प्रतिक्रिया दिनुहोस्