फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु

गण्डकी । फागुन २०, पोखरामा आज दिउँसो आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।