कक्षा १२ को परीक्षा वैशाख २६ देखि जेठ ५ सम्म हुने

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार परीक्षामा चार लाख १० हजार परीक्षार्थी सहभागी हुनेछन् । ‘यसपटक हामीले ११५ विषयको परीक्षा लिने तयारी गरेका छौं,’ शर्माले भने ।

बोर्डका अनुसार पहिलाभन्दा १० हजार विद्यार्थी बढेका छन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : 5 March, 2023

प्रतिक्रिया दिनुहोस्