नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । फागुन २५, उपराष्ट्रपतिमा एमालेले जसपाविरूद्ध उम्मेदवारी नदिने भएको छ । यस हिसावले नयाँ उपराष्ट्रपति निर्विरोध चुनिने सम्भावना देखिएको छ। उपराष्ट्रपतिमा नेकपा (एमाले) ले उम्मेदवारी नदिने सम्भावना भएकाले चैत ५ मा उपराष्ट्रपति निर्विरोध निर्वाचित हुने सम्भावना बढेको हो।

एमालेले अहिलेसम्म राष्ट्रपतिमा उम्मेदवारी दिनेरनदिने निर्णय गरेको छैन। स्रोतहरूका अनुसार ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बने एमालेले आफ्ना उम्मेदवार उठाउने छैन।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ मा छ। ८ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छ।
जसपाबाट सांसद रामसहाय प्रसाद यादव उम्मेदवार बन्ने चर्चा छ। उनी बारा-२ बाट निर्वाचित भएका हुन्।

एमालेले जसपासँग पछि सत्ता सहकार्यको सम्भावना कायम राख्न उसका विरूद्ध उम्मेदवारी नदिन लागेको हो।

प्रकाशित : 9 March, 2023

प्रतिक्रिया दिनुहोस्