पीएनजीलाई हराउदै नेपालको सानदार जित

सहयात्रा टिभी

काठमाडौँ । फागुन २५, नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९।१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७।१ ओभरमा २४५ रनमा अलआउट भयो ।

पीएनजीलाई अलआउट गर्न नेपालका स्पीनहरु सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालको लागि उक्च स्कोर २९७ रन बनाउने क्रममा ओपनर आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

प्रकाशित : 9 March, 2023

प्रतिक्रिया दिनुहोस्