जसपाको तर्फबाट प्रमिला यादवको पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । फागुन २७, जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् ।
जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।
प्रमिला यादवको बारेमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन । कोशी प्रदेश सुनसरीका प्रमिला यादव राष्ट्रिय सभाकी सदस्य हुन् । उनी जसपाका राजनीतिक समितिका सदस्य पनि हुन् ।