चितवनको भरतपुरमा २२० केभीको नयाँ सबस्टेशन तयार
सहयात्रा टिभी
काठमाडौँ । फागुन २८, चितवनको भरतपुर महानगरपालिका वडा नं। १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको जानकारी प्राप्त भएको छ ।
अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने स्रोतले जानकारी दिए । विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ ।
सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किएका थिए ।
नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन रहेकाले अहिले नयाँ बनेको सबस्टेशनलाई नयाँ भरतपुर सबस्टेशन भनिएको हो ।