दोस्रो सप्ताहन्तामा छक्कापञ्जा ४को कमाइ साढे १० करोड पुग्यो
सहयात्रा टिभी
काठमाडौँ । फागुन २९, ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।
दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो ।
यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’सहित ‘अवतार स् द वे अफ वाटर’ र ‘पठान’ले १० करोडभन्दा बढी कमाइसकेका छन् ।
प्रदर्शनको १० दिनसम्म हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ले आक्रामक कमाइ गरेको हो । आइतबारसँगै अकुपेन्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमाइमा अझै वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।