विज्ञापनका साइनबोर्ड राख्न पाथीभरा क्षेत्रका बोटविरुवामा धातुजन्य किला गाड्दा मासिने डर

काठमाडौँ । फागुन ३०, ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र वरपर रहेका बोटविरुवामा विज्ञापनका साइनबोर्ड राख्ने क्रम बढ्दै गएको छ।
पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल र फार्मका नाम तथा सम्पर्क नम्बर उल्लेख गरिएका बोर्ड राखिएका भेटिन्छन् ।
टिनका टुक्राटुक्रीमा विज्ञापनमूलक कुरा लेखेर धातुजन्य काँटीको प्रयोग गरी रुखमा झुण्ड्याउने प्रवृत्ति बढ्दै जाँदा बोटबिरुवा मासिने र प्राकृतिक सुन्दरता हराउने डर बढेको छ ।
यसरी बोटबिरुवामा विज्ञापनसहितका साना बोर्ड राख्ने क्रम बढ्दै गए पनि नियन्त्रण नहुनु दुःखद् भएको पाथीभरा दर्शन यात्रीको बुझाई छ ।
सन्देशमूलक बोर्ड नै राखिए पनि काँटीको प्रयोगले बिरुवा मासिने र धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहरसमेत बढ्छ । बोर्ड अड्याउन प्रयोग भएका काँटी र बोर्ड मक्किएर जमिनमा झरेपछि फोहर बढ्छ ।
प्राकृतिक सुन्दरतासमेत हराउने गरी यसरी भएका गलत काम रोक्न जरुरी भएको पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री बताउँछन् । यसबारे पहल भइरहेको उहाँ बताउनुहुन्छ ।