श्रम भिसाको म्याद थप गर्न सम्बन्धित मुलुकबाटै मिल्ने व्यवस्थाको तयारी

सहयात्रा टिभी

काठमाडौँ । फागुन ३०, सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ। श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हालेका कारण स्वीकृतिको लागि फाइल प्रधानमन्त्री कार्यालयमा पठाइएको हो ।

मलेसिया, कतार, दुबई लगायत मुलुकमा श्रम स्वीकृति लिएर गएका कामदारहरू म्याद थप गर्न नेपाल आउजाउ गर्दा झन्झटसँगै आर्थिक भार पर्ने देखिएपछि सरकारले यो कार्यविधि बनाएर लागू गर्न लागेको स्रोतले बतायो।

मन्त्रालयका अनुसार दुई वर्ष श्रम स्वीकृति लिएर बसेका तर अवैध रूपमा काम गरिरहेका कामदारलाई समस्या पर्दा उद्धार गर्न अहिले नेपाल सरकारलाई समस्या भइरहेको छ।

अव यो कार्यविधि लागू भएपछि ती कामदारले सम्बन्धित मुलुकमा रहेको दूतावासमै गएर वा बैंकिङ प्रणालीमार्फत दस्तुर तिरेर श्रमको म्याद थप्न सक्छन्।

 

प्रकाशित : 14 March, 2023

प्रतिक्रिया दिनुहोस्