जुम्लामा वर्ल्ड लिंकले उच्च गतिको फाइबर इन्टरनेट जोडियो

सहयात्रा टिभी

काठमाडौं । चैत १ , निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।

बुधबार वर्ल्डलिंकले जुम्ला सदरमुकाम खलंगामामा काठमाडौंकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।

यससँगै जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने छ । जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको वर्ल्ड लिंक कम्पनीका अध्यक्षले बताए ।

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्