संघीय परिषद् र राष्ट्रिय समिति खारेज सँगै जसपाले सदस्यको संख्या घटाउने

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समिति सदस्यको संख्या घटाउने भएको छ । पार्टीले तयार पारेको विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ ।

जवकि जसपाको हाल विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ । विधान मस्यौदामा सो संख्या घटाएर घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको हो ।

जसपाले चैत २६, २७ र २८ गतेका लागि विधान अधिवेशन बोलाएको छ । जसका लागि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान तयारी समितिले मस्यौदा अध्ययनका लागि मातहतका निकायलाई बुधबारनै पठाइसकेको छ ।

सो मस्यौदामा नेताहरुको उमेरसमेत निश्चित गरिएको छ । मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भने ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।

 

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्