अजय देवगनकी छोरी न्यासा सधैँ आफ्नो मेकअप, कपडाका कारण चर्चामा

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सधैँ आफ्नो मेकअप, कपडाका कारण चर्चामा रहन्छिन् तर सामाजिक सञ्जालमा उनी कयौँ पटक ट्रोल हुने गर्छिन् ।

यसैबीच भोला फिल्मको प्रमोसनका क्रममा अजय देवगनलाई एक अन्तरवार्तामा छोरीलाई गरिने ट्रोलिङबारे प्रश्न सोधिएको थियो । यसबारे उनले जवाफ दिएका छन् । ट्रोलर्सलाई वास्ता नगर्न सल्लाह दिन्छन्

अन्तरवार्ताका क्रममा उनलाई उनका छोराछोरी फिल्ममा काम गर्न चाहन्छन् भनी सोधिएको थियो । यसमा अजयले भने, ‘मेरो छोरा युगले भर्खरै हिन्दी फिल्म हेर्न थालेको छ ।

तर मेरी छोरी न्यासा अझै पनि हाम्रो फिल्म हेर्दिनन् । उनलाई फिल्म हेर्ने कुनै रुचि छैन, अहिले पनि छैन । हाल उनी विदेशमा पढाइ पूरा गरिरहेकी छिन् ।’

अजय देवगनको फिल्म ‘भोला’ साउथको चर्चित फिल्म क्याथीको हिन्दी रिमेक हो । यो फिल्म ३० मार्चमा रिलिज हुनेछ ।

 

 

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्