सचिन रौनियारको ‘मरिहत्ते’ गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । चैत ३, गायक सचिन रौनियारको स्वरसँगै अभिनय रहेको गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सो गीत सार्वजनिक गरिएको हो । सचिनसँगै अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको उक्त गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ ।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पत्तिको कथा देखाइएको छ भने हरि हुमागाईंले छायांकन गरेको गीतलाई विकास धमलाको सम्पादन गरेका हुन् ।

प्रकाशित : 17 March, 2023

प्रतिक्रिया दिनुहोस्